नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग

नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग

नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग

नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग

त्रिभुवन विश्वविद्यालय

नेपाली शिक्षा विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग

नेपाली शिक्षा विभाग त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरअन्तर्गत रहेका विभिन्न विभाग (प्रशासनिक एवम् प्राज्ञिक विभाग) मध्येको एक हो । यो विभाग नेपाली भाषा शिक्षक एवम् भाषिक अनुसन्धाता उत्पादनका दृष्टिले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध रहेको छ । स्नातकोत्तर तहको नेपाली शिक्षा शिक्षणका दृष्टिले नेपाली शिक्षा विभाग अग्रणी रहेको छ । यस विभागबाट उत्पादित जनशक्तिले नेपाली भाषा, भाषाविज्ञान, साहित्य, भाषाशिक्षण, व्याकरण, अध्ययन—अनुसन्धान लगायतका प्राज्ञिक क्षेत्रमा योगदान दिदै आएका छन् । यस विभागले नेपालका विभिन्न भूभागबाट स्नातकोत्तर तहको अध्ययन गर्न आएका विद्यार्थीहरूलाई समयानुकुल शिक्षा प्रदान गर्दै आएको छ ।

वि. सं. २०२९ सालमा शिक्षाशास्त्र अध्ययन संस्थानको स्थापनासँगै नेपाली शिक्षा विभागको जग बसालिएको हो । यससँगै बि. एड. कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । नेपाली शिक्षा विभाग अलग्गै विभागको रूपमा स्थापित हुनुपूर्व नेपाली शिक्षण विभाग र अङ्ग्रेजी शिक्षण विभागलाई एकीकृत गरी भाषाकला केन्द्रीय विभाग नामकरण गरिएको थियो । पछि नेपाली शिक्षण विभाग र अङ्ग्रेजी शिक्षण विभाग अलगअलग भएपछि नेपाली शिक्षा विभाग अलग्गै विभागका रूपमा स्थापित भएको हो । यस विभागअन्तर्गत स्नातकोत्तर तह (एम. एड) को कार्यक्रम वि. सं. २०४० देखि सञ्चालनमा आएको हो । प्राज्ञिक र प्रशासनिक गरी हाल १८ सदस्य रहेको यस विभागले निरन्तर रूपमा नेपाली भाषा शिक्षामा आवश्यकीय योगदान पुर्‍याउँदै आएको छ ।

दृष्टि

नेपाली शिक्षा विभागको मूल दृष्टि नेपाली भाषा, भाषाशिक्षण, भाषिक एवम् शैक्षिक अनुसन्धानका क्षेत्रमा उत्कृष्ट केन्द्र बन्नु रहेको छ । यसअलावा यसको दृष्टि राष्ट्रका लागि आवश्यक भाषिक एवम् शैक्षिक योजना र नीति निर्माण, अन्य राष्ट्रभाषाका लागि आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण, मूल्याङ्कन, अध्ययन, अन्वेषण आदिका लागि आवश्यकीय सहजीकरण, सामाजिक–सांस्कृतिक सहिष्णुता कायम, भाषा–साहित्यिक उन्नययन, भाषिक मानकीकरण आदिका क्षेत्रमा अपेक्षाकृत योगदान पु¥याउनुमा केन्द्रित रहेको छ ।

जोड

नेपाली शिक्षा विभागले निम्नानुसारका क्षेत्रमा विशेष जोड दिदै आएको छ:
भाषाशिक्षण, भाषापाठ्यक्रम, भाषापाठ्यपुस्तक, भाषापाठ्यक्रम र भाषापाठ्यपुस्तकको तुलनात्मक अध्ययन, भाषा र भाषिकाको अध्ययन, भाषिक मूल्याङ्कन, द्विभाषिकता, बहुभाषिकताको अध्ययन, दोस्रो भाषाशिक्षण, व्यतिरेकी विश्लेषण, त्रुटि विश्लेषण, शैलीविज्ञान, अनुवाद, सङ्कथन विश्लेषण, बालभाषाको अध्ययन, बालसाहित्यको अध्ययन, मातृभाषाको अध्ययन, दोस्रो भाषाको अध्ययन, राष्ट्रभाषा र विदेशी भाषाको अध्ययन, विभिन्न दृष्टिले भाषाप्रयोगको अध्ययन, आदि ।

कार्यक्रम

नेपाली शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनमा रहेको छ । चार सत्रमा सञ्चालित यस कार्यक्रममा सत्रअनुसारका विषयको अध्ययन, अध्यापन हुँदै आएको छ । यसअन्तर्गत पहिलो सत्रमा भाषाविज्ञान, नेपाली आख्यान र नाटक, पूर्वीय र पाश्चात्य समालोचना, प्रायोगिक भाषाविज्ञानका प्रमुख आयाम, दोस्रो सत्रअन्तर्गत भाषिक परीक्षण, नेपाली कविता काव्य, आधुनिक नेपाली निबन्ध र समालोचना, सामाजिक तथा मनोभाषाविज्ञान, तेस्रो सत्रअन्तर्गत नेपाली भाषाशिक्षण, भाषिक अनुसन्धान विधि, भाषाविज्ञानका प्रमुख सिद्धान्त, भाषिक विधा शिक्षण र चौथो सत्रअन्तर्गत अभ्यास शिक्षण, शोधपत्र र भाषिक सम्पादन कला विषयको अध्ययन अध्यापन हुने गरेको छ ।

लक्ष्य

नेपाली शिक्षा विभागको मुख्य लक्ष्य विभिन्न तहका लागि आवश्यक दक्ष नेपाली भाषा शिक्षक, अनुसन्धाता, पाठ्यक्रमविद, भाषिक नीति निर्माता, योजनाकारलगायतको उत्पादन गरी राष्ट्रका लागि योगदान पु¥याउनु रहेको छ।

कार्यरत प्राध्यापक कर्मचारीहरू

सह प्रा. डा. कुश्मिला आचार्य

सह प्रा. डा. कुश्मिला आचार्य

सह प्रा. रविकिरण अधिकारी

सह प्रा. रविकिरण अधिकारी

उपप्रा. गीता खनाल

उपप्रा. गीता खनाल

उपप्रा. डा. दिनेश घिमिरे

उपप्रा. डा. दिनेश घिमिरे

उपप्रा. डा. मोहनप्रसाद भट्ट

उपप्रा. डा. मोहनप्रसाद भट्ट

उपप्रा. उमेश काफ्ले

उपप्रा. उमेश काफ्ले

उपप्रा. गोपालबहादुर श्रेष्ठ

उपप्रा. गोपालबहादुर श्रेष्ठ

का. स. शारदा अधिकारी

का. स. शारदा अधिकारी

प्रा. डा. केशवराज पोखरेल

प्रा. डा. केशवराज पोखरेल

सह प्रा. डा. बुद्धराज खनिया

सह प्रा. डा. बुद्धराज खनिया

उपप्रा. डा. केशव भुसाल

उपप्रा. डा. केशव भुसाल

उपप्रा. डा. सिद्धिबहादुर महर्जन

उपप्रा. डा. सिद्धिबहादुर महर्जन

उपप्रा. डा. राजेन्द्र खनाल

उपप्रा. डा. राजेन्द्र खनाल

उपप्रा. शिवप्रसाद तिमल्सेना

उपप्रा. शिवप्रसाद तिमल्सेना

श्री गणेशबहादुर बोहरा

श्री गणेशबहादुर बोहरा